१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

संसद विघटनविरुद्धको रिटमा सुनुवाइ शुरु



काठमाडौं : माघ ४, प्रतिनिधिसभाको विघटनबिरुद्ध सन्तोष भण्डारीले दिएको निवेदनमाथि आइतबार सुनुवाइ भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीमाझ पुष ५ गते संसद विघटनका लागि सिफारिस गरेका थिए । त्यसै दिन राष्ट्रपति भण्डारीले संसद विघटन गरेकी थिइन् ।

त्यसका बिरुद्ध दुई दर्जनभन्दा बढी रिट परेका छन् । त्यसमध्ये आइतबार सन्तोश भण्डारीले संसद पुनर्स्थापना गरिपाउँ भनि दिएको रिटमाथि संवैधानिक इजालसमा सुनुवाइ भएको हो ।

आइतबारको सुनुवाईमा सन्तोष भण्डारी, गिरिराज भट्ट, भीमार्जुन आचार्य र सुनिल पोखरेलले भाग लिएका थिए । सुनुवाईमा भाग लिने सबैले प्रधानमन्त्रीले गरेको संसद विघटन कानुन अनुसार नभएको तर्क गरेका थिए ।

हालको संविधानमा प्रधानमन्त्रीले संसद विघटन गर्न नसक्ने बताउदै सविधानको धारा ८५ को नियमित प्रक्रिया र धारा ७६ को उपधारा ७ अनुसार मात्रै संसद विघटन हुनसक्ने उनीहरुको धारणा थियो ।


प्रतिक्रिया दिनुहोस !