१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

पूर्वराज्यमन्त्री दुगड प्रधानमन्त्रीका सल्लाहकारमा नियुक्त



काठमाडौं  । उद्योगी, व्यवसायी तथा पूर्व राज्यमन्त्री मोतीलाल दुगड प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त भएका छन् । यसअघि पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाको स्थानमा प्रधानमन्त्रीले दुगडलाई ल्याएका हुन् ।

यसअघि दुगड उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री थिए । अब मन्त्री सरहको सेवा सुविधा पाउने गरी दुगड प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त भएका हुन् । देशको अर्थतन्त्रलाई माथि उकास्ने र सरकार निजी क्षेत्रलाई जोडेर देशलाई समृद्धिको दिशामा लैजाने गरी प्रधानमन्त्रीको टिममा रहेर काम गर्ने दुगडले बताए ।

गत संसदीय चुनावबाट एमालेले उनलाई समानुपातिक सांसद बनाएको थियो । त्यसपछि भने २०७५ मंसिरमा उनले उद्योग मन्त्रालयमा राज्यमन्त्रीका रुपमा प्रवेश पाएका थिए ।


प्रतिक्रिया दिनुहोस !