१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

संसद विघटनमा राजाको भाषाको ह्वास्स गन्‍हायो : प्रचण्ड



काठमाडौं : माघ ६, प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले संसद विघटन राजतन्त्र पुन:स्थापना गर्ने प्रक्रियाको सुरुवात भएको दाबी गरेका छन् । प्रेस संगठनको भेलालाई सम्बोधन गर्दै प्रचण्डले संसद विघटन गर्न प्रधानमन्त्रीले गरेको सिफारिसमा राजाको भाषा ह्वास्स गन्‍हाएको टिप्पणी गरे । ‘यो राजतन्त्र पुन:स्थापित गर्ने, निरंकुशतातिर धकेल्ने प्रक्रियाको जो सुरुवात भएको छ, यसलाई हर मूल्यमा रोक्नु छ’ प्रचण्डले भने ।

आफैंले प्रस्ताव गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा निहित सार्वभौमसत्तामाथि आक्रमण गरेकाले आफूमा आवेग, घृणा र आक्रोश रहेपनि अधैर्य नभएको प्रचण्डले बताए ।

संसद भंग गरेर ओलीले देशलाई संविधानविहीनता र तानाशाहीको भूमरीमा लैजान खोजेको प्रचण्डले बताए ।संविधानसभा जनताको आन्दोलनबाट आएको र यसको रक्षाका लागि अब जनतामै जाने उनले बताए ।


प्रतिक्रिया दिनुहोस !