१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

२१ बर्ष अघि आफ्नै आमाको हत्या गरि फरार भएका यादव पक्राउ



रौतहट : माघ ७, २१ वर्ष अघि आफ्नै आमाको हत्या गरेर फरार रहेका रौतहट साविक गेडहीगुठ्ठी गाउँ विकास समिति वडा नम्बर ७ हाल गरुडा नगरपालिका वडा बस्ने २ बस्ने ४० वर्षीय रामबाबु राय यादवलाई जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार यादवले वि.सं. २०५६ साल बैशाख ६ गते आफ्नै आमा चुल्हिया देवी राय यादवको छुरा प्रहार गरी हत्या गरेका थिए । हत्यापछि ईनरकली देवी यादवको जाहेरीका आधारमा कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दामा जिल्ला अदालत गौर, रौहतटले उनलाई वि.सं. २०६० साल मंसिर ८ गते २२ वर्ष २ महिना २० दिन कैद हुने सजाय सुनाएको थियो ।

हत्या गरे लगतै फरार रहेका उनी भारतका विभिन्न सहरमा लुकिछिपी बसेको र अहिले घर आएको सूचनाको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय रौतहटका प्रमुख प्रहरी उपरीक्षक सिद्धी बिक्रम शाहले जानकारी दिए ।

पक्राउ परेका यादवलाई जिल्ला अदालत रौतहटमा पेश गरि सजाय भुक्तानको लागि जिल्ला कारागार गौरमा चलान गरिएको जिल्ला प्रहरी कार्यलय रौतहटका प्रवक्ता प्रहरी नायव उपरिक्षक भरत श्रेष्ठले बताए ।


प्रतिक्रिया दिनुहोस !