१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

संवैधानिक इजलासले माग्यो संसद विघटनबारे राजपत्रमा प्रकाशित सूचना



८ माघ, काठमाडौं । सर्वोच्च अदालतले संसद विघटन सम्बन्धी विषयमा राजपत्रमा प्रकाशित सूचना माग गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने सिफारिस राष्ट्रपतिद्वारा सदर भएको भनी राजपत्रमा प्रकाशित सूचना प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मागेका हुन् ।

यसअघि अधिवक्ता ओमप्रकाश अर्याल र टीकाराम भट्टराईले संसद विघटन गर्ने सिफारिस राष्ट्रपतिले सदर गरेपछि राजपत्रमा प्रकाशित भएको आफूले थाहा नपाएको इजलासमा बताएका थिए ।


प्रतिक्रिया दिनुहोस !