१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

भारतीय एसएसबीले दबंंग स्टाईलमा नेपालीलाई कुटेपछि ठोरीमा तनाव



८ माघ, वीरगञ्ज । भारतको भिखनाठोरीमा बजार गर्न गएका नेपालीलाई भारतीय एसएसबीले कुटपिट गरेपछि पर्साको ठोरीमा तनाव भएको छ । भारतीय बजारबाट सरसमान किनेर ठोरी फर्किंदै गर्दा ठुटेखोला क्षेत्रमा एसएसबीका जवानले स्थानीयमाथि कुटपिट गरेका थिए । एसएसबीका हिमांसु र जाकिर अलि खान नाम गरेका जवानले ठोरी गाउँपालिका–३ बुद्धनगरका बिष्णु घिमिरे, राजकुमार अधिकारी, भिमलाल तामाङ, विकास गुरुङ लगायतमाथि लाठीचार्ज गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

नेपाली पक्षमाथि कुटपिट भएपछि ठोरीका स्थानीय र भारतीय सीमाबजार भिखना ठोरीका बासिन्दा ठुटेखोलामा जम्मा भएर एसएसबीको ज्यादतीविरुद्ध नाराबाजी गरेका थिए । स्थानीयले विरोध गरेपछि लाठीचार्ज गर्ने एसएबीका दुवै जवान भागेका थिए । आक्रोशित भिडलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीलाई हम्मे हम्मे परेको थियो ।


प्रतिक्रिया दिनुहोस !