१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

इराकमा आत्मघाती बम विष्फोट हुँदा २८ को मृत्यु, ७३ जना घाइते



एजेन्सी : माघ ९, इराकको राजधानी बग्दादको मध्य बजारमा बिहीबार दुईवटा आत्मघाती बम विष्फोट हुँदा कम्तीमा २८ व्यक्तिको मृत्यु भएको छ ।

बग्दादको ताइरन स्क्वाएरमा रहेको प्रयोग भइसकेका कपडाको पुनः विक्री गर्ने बजारमा भएको आक्रमणमा कम्तिमा २८ जनाको मृत्यु भएको र अन्य ७३ जना घाइते भएका स्थानीय अस्पतालका चिकित्सक तथा प्रहरी अधिकारीले पुष्टि गरेका छन् ।

उक्त बजार महामारी नियन्त्रणका लागि झण्डै एक वर्षसम्म बन्द गरी हालै मात्र खोलिएको थियो । इराकी गृहमन्त्रालयको विज्ञप्तिमा प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै भनिएको छ, “पहिलो आत्मघाती आक्रमणकारी बिरामी भएको अभिनय गर्दै बजारमा आएको र उसलाई हेर्न मानिसहरू भेला भएका समय विस्फोट गराएको थियो भने थप व्यक्ति त्यस ठाउमा पुगेका समय फेरि अर्को विस्फोट गराइएको थियो ।”

घटनापछि उक्त स्थानमा रगतले भिजेका लुगाहरू धुलाम्मे सडकहरूमा फैलिएका थिए । घटनास्थलमा तत्काल स्वास्थ्यकर्मीसमेत पुगी दुर्घटनाग्रस्त स्थलबाट घाइतेहरूलाई प्राथमिक उपचारपछि अस्पताल लान सघाएका थिए । बिहीबारको आक्रमण वग्दादमा सन् २०१८ को जनवरीपछिभउको सबैभन्दा रक्तपातपूर्ण घटना थियो । सन् २०१८ मा पनि सोही इलाकामा भएको यस्तै विस्फोटमा ३० व्यक्तिको ज्यान गएको थियो ।


प्रतिक्रिया दिनुहोस !