१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

मकवानपुरमा पिकअप बोलेरोमा आगजनी



काठमाडौं : माघ १०, नेत्र विक्रम चन्द ‘विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मकवानपुरमा बोलेरो जलाएका छन् । काठमाडौं र मकवानपुरको सिमानामा पर्ने हुमाने भञ्ज्याङ नजिकै मकवानपुर तर्फ अज्ञात समूहले पिकअपमा आगजनी गरेको मकवानपुरका एसपी सोमेन्द्र सिंह राठौरले बताए ।

मकवानपुरमा सामान अनलोड गरेर काठमाडौं फर्कंदै गरेको बा १३ च ७९६९ नम्बरको पिकअप भ्यानमा आगजनीबाट क्षती पुगेको छ । आगजानीमा संलग्नहरु बारे प्रहरी अनुसन्धान गरिरहेको छ । पार्टिका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’लाई प्रहरीले पक्राउ गरेको विरोधमा शनिवार सो पार्टीले नेपाल बन्दको घोषणा गरेको छ । बाँस्तोलालाई महानगरीय पहरी परिसर ललितपुरमा राखिएको छ । उनी नेकपाका तेस्रो बरियताका नेता हुन् ।


प्रतिक्रिया दिनुहोस !