Saturday, May 17, 2025

ट्रेन्डिङ :

पथलैया/अमलेखगञ्ज सडकबाट बाघले तानेर एक पुरुषलाई जङ्गलमा लग्यो

spot_img
spot_img

पर्सा : १० माघ । पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र पर्ने पथलैया अमलेखगञ्ज सडक खण्डबाट शनिबार बिहान बाघले एक पुरुषलाई आक्रमण गरि जङ्गल तर्फ लगेको आशंकामा खोजी सुरु भएको निकुञ्जले जनाएको छ । अमलेखगञ्जबाट करिब १ किलोमीटर दक्षिण तर्फको जंगलबाट बाघले अन्दाजी ४५ वर्षीय पुरुषलाई लगेको आशंकामा अहिले निकुञ्जले ४ वटा हात्तीको प्रयोग गरि खोजी शुरु गरेको निकुञ्जका प्रवक्ता रमेश यादबले जानकारी दिए ।

सडकमा हिडिरहेका पुरुष पिसाब फेर्न भन्दै नजिकैको जंगल पसेका थिए। जंगल पसेको केही बेरमै ठुलो आवाजमा ति पुरुष चिच्याएपछि नजिकै रहेकी अर्की महिलाले खबर गरेपछि घटनास्थल पुगेको प्रहरीको टोलीले ती पुरुषलाई फेला पार्न नसकेपछि बाघले लगेको आशंका गरिएको हो । निकुञ्जको हात्तीमा सेना, प्रहरीको टोलीले पुरुषको खोजी सुरु गरेको छ। पुरुषको पहिचान हुन सकेको छैन ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?