१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

संसद विघटनका बिषयमा अध्यक्षद्वय यादव र ठाकुरको बीचमा मञ्चमै विवाद



काठमाडौं : माघ ११, काठमाडौं । प्रतिनिधिसभा विघटनबारे जनता समाजवादी पार्टीमा स्पष्ट दुईधार देखिएको छ । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले सार्वजनिक कार्यक्रममै मत बाझिएको छ । लोकतान्त्रिक पार्टी जसपामा समाहित गर्ने कार्यक्रममा अध्यक्ष ठाकुरले स्पष्ट शब्दमा संसद पुनर्स्थापना भएपनि मुलुकले निकास नपाउने भन्दै उनले अदालतविरुद्ध आन्दोलन गर्न नहुने बताए । तर अर्का अध्यक्ष उपेन्द्र यादवले भने संसद विघटनलाई प्रतिगमनको प्रारम्भीक बिन्दु भएको बताए ।

यादवले प्रधानमन्त्रीले जुन अलोकतान्त्रिक, असंवैधानिक र प्रतिगमनकारी कदम उठाउनु भएको छ, यो खारेजी गर्नु नै प्रतिगमनलाई परास्त गर्नु हो भन्ने अभिव्यक्ति दिए भने अर्का अध्यक्ष ठाकुरले पुनर्स्थापना भएपछि सत्ता कसको हातमा जान्छ ? जो पार्टी असफल भएको छ, सरकारै चलाउन सकेन, प्रतिनिधिसभालाई विघटन गरिदियो । सत्ता त फेरि उसैको हातमा जान्छ । द्वन्द्व त रहिरहन्छ । पुनर्स्थापना भए पनि समस्याको समाधान देख्दिन किनकी नेकपा कानूनी रुपमा अहिले पनि एउटै छ । देश चुनावमा गयो भने ओलीजीको कदम सही छ भन्ने अर्थ लाग्छ । त्यतिबेला आन्दोलनलाई जारी राख्यौं भने अदालतलाई कमजोर बनाउँछौं, अदालतको विरोधमा आन्दोलन हुन जान्छ ठाकुरले भने ।


प्रतिक्रिया दिनुहोस !