१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

सीमा क्षेत्रमा फेरि झडप, २० चिनियाँ र ४ भारतीय सैनिक घाइते



काठमाडौं : माघ १२, चीन र भारतका सैनिकहरूबीच सीमा क्षेत्रमा फेरि झडप भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार गत साता उत्तरी सिक्किमको नाकु लामा दुई देशका सैनिकहरूबीच झडप भएको हो । झडपमा २० चिनियाँ र ४ भारतीय सैनिक घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । इन्डिया टुडेलेका अनुसार चिनियाँ सैनिक भारतीय भूमिमा आउन खोजेपछि भारतीय सेनाले रोक्दा झडप भएको हो । यस विषयमा भारत र चीन दुवैले औपचारिक रुपमा केही जानकारी गराएका छैनन् ।

पछिल्लो समय सीमामा स्थिति नियन्त्रणमा लिन दुबै देशले सैन्य तथा कूटनीतिक स्तरका वार्तालाई जारी राखेका बेला नाकु लाको घटना भएको हो । आइतबार मात्र भारत र चीनका सेनाबीच नवौं चरणको वार्ता भएको थियो । यसअघि सन २०२० मेमा पनि नाकुला क्षेत्रमा चीन र भारतको सैनिकबीच हात हालाहाल भएको थियो । त्यसबेला सात चिनियाँ र चार भारतीय सैनिक घाइते भएका थिए । पछिल्लो समय सीमा क्षेत्रमा दुई देशका सैनिकबीच ठाउँ ठाउँमा झडपका घटना भइरहन्छन् । गत असारमा भारत(चीन सीमाको गल्वान उपत्यकामा भएको सैन्य झडपमा परी २० जना भारतीय सैनिकको मृत्यु भएको थियो ।


प्रतिक्रिया दिनुहोस !