Sunday, April 20, 2025

ट्रेन्डिङ :

कोरोनाबाट थप १० जनाको मृत्यु

spot_img
spot_img

काठमाडौं : १२ माघ नेपालमा पछिल्लो २४ घण्टामा थप ३३९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३३९ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६९ हजार ७८९ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ८ सय ५८ जनाको पीसीआर परीक्षण भएको हो । गत २४ घण्टामा ४०१ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६४ हजार ५ सय ३८ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २०११ पुगेको छ । गत २४ घण्टामा काठमाडौं उपत्यकामा १५४ जना संक्रमित थपिएका छन् । काठमाडौंमा १३३, ललितपुरमा १३ र भक्तपुरमा ८ जना संक्रमित थपिए ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?