Thursday, May 1, 2025

ट्रेन्डिङ :

बीस चिनियाँ सैनिक घाईते भएको भारतीय अफवाहको चीनले गर्यो खण्डन

spot_img
spot_img

काठमाडौं : १२ माघ सोमबार भारतको सिक्किम सीमा क्षेत्रमा भारतीय र चिनियाँ सेनाको बीचमा झडप भएको भन्ने समाचारको चीनले खण्डन गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र ग्लोबल टाईम्सले भारतीय मिडियाले सिक्किम सीमा क्षेत्रमा भारत र चीनको बीचमा झडप भएको अफवाह फैलाएको बताएको छ । झडपमा २० चिनियाँ र ४ भारतीय सैनिक घाइते भएको भारतीय सञ्चारमाध्यम गरेको दाबीलाई ग्लोबल टाईम्सले खण्डन गरेको हो । इन्डिया टुडेलेका अनुसार चिनियाँ सैनिक भारतीय भूमिमा आउन खोजेपछि भारतीय सेनाले रोक्दा झडप भएको दाबी गरेको थियो । पछिल्लो समय सीमामा स्थिति नियन्त्रणमा लिन दुबै देशले सैन्य तथा कूटनीतिक स्तरका वार्तालाई जारी राखेका बेला भारतीय मिडियाले गलत समाचार सम्प्रेषण गरेको चीनको दाबी छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?