१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

युवक हत्याको आरोपमा वडा अध्यक्षसहित ४ जना पक्राउ



बझाङ : १४ माघ, बझाङको छबीसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ मा खुँडा प्रहार गरि एक युवकको हत्या गरिएको छ । छबीसपाथीभेरा गाउँपालिकाको–३ मा रहेको बान्नीचौर माध्यामिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा भएको विवादपछि सोही गाउँपालिका–३ का अमृत बहादुर सिंहको खुँडा प्रहार गरी हत्या गरिएको हो ।

आक्रमणकारीले नेकपाबाट छबीसपाथिभरा गाउँपालिका–२ मा निर्वाचित वडाध्यक्ष विकास ऐडीको सरकारी बाइक प्रयोग गरेका जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा प्रहरी नायव उपरीक्षक रुपक खड्काले बताए ।

खुँडा प्रहार गरी हत्या गरेको आरोपमा सोही गाउँपालिका–२ का ३२ बर्षीय ज्ञानबहादुर कडायत, ३५ बर्षीय केदार ऐडी, ३२ बर्षीय प्रकाश ऐडी तथा वडा नम्बर २ का वडा अध्यक्ष बिकास ऐडीलाई पक्राउ गरिएको समेत उनले बताए ।

बान्नीचौर माध्यामिक विद्यालयको व्यवस्थापन समितिमा नेपाली कांग्रेस निकट प्यानलले जितेपछि रुष्ट रहेका केही व्यक्तिहरुले नेपाल तरुण दलको छबीसपाथिभरा गाउँपालिका सदस्य सिंहको खुडा प्रहार गरि हत्या गरेको बताइएको छ ।

सिंहको हत्याको बिरोधमा नेबिसंघले बुधबार सदरमुकाम चैनपुर बजार बन्द गर्नुका साथै जयपृथ्बी राजमार्ग समेत बन्द गरेको छ । हत्यामा संलग्नहरुलाई कानूनी दायरामा ल्याई कारवाही गर्नुपर्ने माग राख्दै सदरमुकाम चैनपुरमा बिरोध ¥याली निकालेको हो ।

उक्त ¥याली सदरमुकाम चैनपुर परिक्रममा गरि जिल्ला प्रसाशन कार्यालयको मुलगेट अगाडि टायर बालेर समापन गरिएको थियो । सत्ताको मातमा विपक्ष दलका कार्यकर्ताको हत्या निन्दनीय रहेको स्थानीय कांग्रेसले जनाएको छ ।

कांग्रेस कार्यकर्तामाथि पटक–पटक भएका प्रहारले सत्ता विपक्षी दलका नेता कार्यकर्ता माथि कस्तो रवैया अपनाइरहेको प्रष्ट भएको कांग्रेसका पार्टी सचिब भरत खड्काले बताए । उनले बझाङ कांग्रेसले हत्याको घटनामा पार्टी केन्द्रीय कार्यालयको ध्यान केन्द्रित गर्नुका साथै अपराधीलाई कानूनी दायरामा नल्याएसम्म शवसमेत नबुझ्ने बताए । सिंहको शव जिल्ला अस्पताल सिमखेतमा राखिएको छ ।


प्रतिक्रिया दिनुहोस !