१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

माफियाले कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय गरेको भन्दै विरोध प्रदर्शन



१४ माघ, काठमाडौं । कृषिमा विदेशी लगानी भित्र्याउने निर्णयविरुद्ध कृषिसँग सम्बन्धित झण्डै तीन दर्जन संघ संस्थाहरुले बानेश्वर चोकमा प्रर्दशन गरेका छन् । सरकारी निर्णय लगत्तै संगठित संयुक्त संघर्ष समितिको अगुवाइमा भएको आन्दोलनमा सहभागीले कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरे ।

बिरोध सभामा बोल्दै संघर्ष समितका संयोजक शिवराम केसीले कमिसनको खेलमा कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय भएको आरोप लगाए । ‘एउटै निर्णयबाट करोडौं कमिसन खाने माफियाहरुले कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय गरे, यसको प्रतिरोध गर्छौं,’ संयोजक केसीले भने ।

आत्मनिर्भरतातर्फ अघि बढेको नेपाली कृषि क्षेत्र मास्नका लागि सरकारले यस्तो निर्णय गरेको भन्दै केसीले स्वरोजगार मास्ने गरी ल्याईने विदेशी लगानीको कडा प्रतिरोध गर्ने बताए ।

कृषिमा विदेशी लगानी भित्र्याउने निर्णयमा संलग्न मन्त्रीहरुले आत्मलोचना गरेर निर्णय फिर्ता लिनु उचित हुने उनको भनाइ छ । सभामा बोल्दै कृषि उद्यमी अरनिको राजभण्डारीले बिनासर्त कृषिमा विदेशी लगानीको निर्णर्य फिर्ता लिन सरकारलाई आग्रह गरे ।


प्रतिक्रिया दिनुहोस !