Saturday, May 17, 2025

ट्रेन्डिङ :

गुण्डागर्दीको अखडा बन्दै आरआर क्याम्पस, अखिल फोर्सका लोकेन्द्र खड्कासमूहद्वारा पत्रकार जीसीमाथि कुटपिट

spot_img
spot_img

काठमाडौं : माघ १५, नेपालको चर्चित तथा एक भन्दा एक बौद्धिक व्याक्तित्व र राजनीतिक नेतृत्व उत्पादन गर्ने आरआर क्याम्पसमा अखिल फोर्सका लोकेन्द्र खड्काको समूहले उभद्रो मच्चाउन थालेको छ । क्याम्पसमा अखिल फोर्सभन्दा फरक आस्था राख्ने विद्यार्थीहरुलाई कुटपिट गर्न थालेका छन् । आईतबार अखिल फोर्सका लोकेन्द्र खड्कासहित दुई दर्जनभन्दा बढीले पत्रकार कमल जीसीलाई आरआर क्याम्पसमा रंजित तामाङको अन्तरवार्ता किन लिएको भन्दै कुटपिट गरेपछि क्रान्तिकारी पत्रकार संगठन नेपालले घटनामा संलग्नलाई कारबाहीको माग गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ ।

ओलीका ‘सारबर सेना’ नाम पाएका ओली समूहका कार्यकर्ताले काठमाडौंबाट प्रकाशन भइरहेको थाहा अनलाइन डटकममा कार्यरत पत्रकार कमलविक्रम जिसीलाई कुटपिट गरेका हुन् । क्रान्तिकारी पत्रकार संगठन नेपालले विज्ञप्ति जारी गरेर अन्तरवार्ता लिएको विषयलाई लिएर पत्रकार जिसीमाथि भएको आ क्रमण निन्दा एवं भत्सर्ना गरेको छ । संगठनका काअध्यक्ष दीपबहादुर घर्ती र महासचिव बाबुराम भुसालले संयुक्तरुपमा विज्ञप्ति जारी गरेर घटनामा संलग्नको खोजी गरी कडा कारवाही गर्न माग समेत गरेका छन् ।

फ्ना असहमित राख्ने अन्य माध्यम हुँदाहुँदै सोझै आक्रमण गर्नु गुण्डाराजको नमूना भएको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै थाहा अनलाइनका संचालक यादवप्रसाद सुनारले विज्ञप्ति जारी गरेर तामाङको अन्तरवार्ता किन लिएको भन्दै ओली समूहका कार्यकर्ताहरुले भौतिक हमला गरेको भन्दै निन्दा गरेका छन् ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?