१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

प्रधामन्त्री ओली सामन्ती निरंकुशताको एजेण्ट : प्रचण्ड



काठमाडौं : माघ १५, प्रचण्ड नेपाल समूहका अध्यक्ष प्रचण्डले केपी शर्मा ओलीको निरंकुशता केही महिनाभित्र चुट्ककीको भरमा फालिने बताएका छन् । जहानीया राणातन्त्र, निरंकुश शाही शासनलाई फालेको जनताको आन्दोलनको बलले नै केपी ओलीको स्वेच्छाचारिताको अन्त्य गर्ने उहाँले बताएका हुन् । बुटवलमा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले आफ्नै पार्टीको प्रधानमन्त्रीले आफैंले बनाएको प्रधामन्त्री सामन्ती निरंकुशताको एजेण्ट भएको आरोपसमेत लगाए ।

प्रचण्डले ओलीलाई निरंकुशता लाद्ने र श्री ३ हुन खोजेको आरोप लगाउँदै उनलेले लुम्बिनीको भेलाले त्यस्तो शासन गर्न नदिने संकेत देखाएको बताए । विरोध सभा केपी ओलीको विरोध गर्नको लागि मात्र बनाइएको नभई समग्र प्रतिगमनको विरुद्ध उभ्याउन र देश, जनता, लोकतन्त्र र संविधानको रक्षा गर्न साथै गलत प्रवृत्तिको विरुद्धमा गरिएको समेत प्रचण्डले बताए ।


प्रतिक्रिया दिनुहोस !