Friday, January 24, 2025

ट्रेन्डिङ :

प्रधानमन्त्रीको विरोधमा चितवनका ठाउँठाउँमा टायर बालेर विरोध

spot_img
spot_img
spot_img

चितवन : माघ १७, प्रधानमन्त्री केपी शर्मा ओली चितवन आउने भएपछि प्रचण्ड/माधव समूहको अनेरास्वबियूले ठाउँठाउँमा टायर जलाएका छन् । शनिबार बिहान चितवनमा नेकपाको प्रचण्ड माधव समूहको अनेरास्ववियूले ठाउँठाउँमा टायर जलाएको हो । प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा लगायतका मन्त्रीहरु आज नेकपा ओली समूहले आयोजना गरेको आमसभामा सम्बोधन गर्न चितवन आउने भएपछि प्रतिगमनकारीहरुलाई चेतावनी स्वरुप ठाउँठाउँमा टायर बाली कालो ब्यानर समेत राखिएको अनेरास्ववियूले जनाएको छ ।

जिल्लाको आपटारी ,गोन्द्रयाङ लगाएतका स्थानमा टायर बालिएको हो । कालो ब्यानरमा प्रतिगमनकारी होसियार,असंवैधानिक कदम खारेज गर, जनमतको कदर गर लगाएतको नारा लेखिएको छ । प्रधानमन्त्री ओली आज चितवनमा नवनिर्मित सिटी हलको शिलन्यास, पुल्चोक गोन्द्रयाङ ६ लेनको बाटोको उद्घाटन र जनसभालाई सम्बोधन गर्न चितवन आउदै छन् ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?