१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

दोलखामा कोरोना खोप लगाएका ५५ जना हिँडडुल गर्न नै नसक्ने गरी थलिए



दोलखा : माघ १४ गते बुधबार पहिलो दिन दोलखामा कोभिड–१९ संक्रमण विरुद्धको कोभीसिल्ड लगाएकाहरु बिरामी पर्न थालेका छन् । सदरमुकाम चरिकोटस्थित चरिकोट अस्पताल र जिरी अस्पतालमा बुधबार पहिलो डोजको कोभीसिल्ड भ्याक्सिन लगाएका स्वास्थ्यकर्मीमध्ये केही बिरामी पर्न थालेका हुन् । बुधबार १५५ जनाले भ्याक्सिन लगाएकोमा करिब ५५ जना हिँडडुल गर्न नै नसक्ने गरी थलिएका छन्। बिरामी पर्न थालेको जानकारी प्राप्त भएको भए पनि अस्पताल नै भर्ना गर्नुपर्ने अवस्था नरहेको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमारले बताए ।

भ्याक्सिन लगाउने भनेको भाइरस नै शरीरमा पठाउने भएकोले केही असहज त भैहाल्छ’ स्वास्थ्य कार्यालय प्रमुख झाले भने । दुईदिनसम्म लगाइसकिएको भ्याक्सिनको प्रभाव बारे शुक्रबार जिल्ला प्रशासनमा समिक्षा बैठकको आयोजना गरिएको थियो । बैठकका अध्यक्ष एवम् दोलखाका प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटीले बुधबार र बिहीबार भ्याक्सिन लगाएका अधिकांशलाई ज्वरो आएको बताए । पहिलो चरणको पहिलो डोजको भ्याक्सिन दोलखाका फ्रन्टलाईनरमध्येका २१४० जनालाई लगाउने योजना अनुसार शुक्रबारसम्म ४६५ जनाले भ्याक्सिन लगाएको स्वास्थ्य कार्यालय प्रमुख झाले जानकारी दिए । ५ मिलिमिटरको एक डिब्बा कोभीसिल्ड भ्याक्सिन १० जनालाई लगाइने गरिएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !