Wednesday, February 19, 2025

ट्रेन्डिङ :

काठमाडौंमा बर्ड फ्लू भेटियो, १८०० हाँस नष्ट गरियो

spot_img
spot_img

काठमाडौं : माघ १८, काठमाडौंको तारेकेश्वर नगरपालिकामा बर्ड फ्लू देखिएको छ । तारेकेश्वरस्थित एउटा फार्ममा पालिएका टर्की र हाँसमा बर्ड फ्लू पुष्टि भएको पशु सेवा विभागले विज्ञप्ति मार्फत जनाएको हो । केन्द्रीय पशुपन्क्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको रियल टाइम पीसीआर परीक्षणमा बर्ड फ्लू भेटिएको पुष्टि भएको हो । विभागका अनुसार बर्ड फ्लू भेटिएको फार्म र आसपासका १ हजार ८ सय ५६ वटा हाँस, ६ सय २२ वटा बट्टाई, ३२ वटा कुखुरा, २५ वटा टर्कीसँगै ५ सय ४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको छ ।

संबन्धित निकायसँग समन्वय गर्दै रोग देखिएको क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पंक्षि तथा रोग सार्न सक्ने अन्य बस्तु समेत नष्ट गरिएको विभागले जनाएको छ । रोग निसंक्रमण गरेपछि जारी गरिएको विज्ञप्तीमा बिभागले पंक्षी तथा पंक्षीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्यरुपमा स्वास्थ्य परीक्षण गरि भेटनरी प्रमाणपत्र लिएर गर्न÷गराउन आग्रह गरेको छ । यसैगरि फार्म परिसरमा जैबिक सुरक्षाका बिधिहरु अवलम्बन गर्न , फार्म परिसरमा नियमितरुपमा निसंक्रमण गर्न र अस्वभाविकरुपमा पंक्षी बिरामी परेको पाइए शिघ्र खबर गर्न पनि विभागले आग्रह गरेको छ । अघिल्लो महिना भारतका विभिन्न ठाउँहरुमा बर्ड फ्लू रोग देखा परेपछि नेपालमा पनि पशुसेवा बिभागले सर्तकता बढाउँदै गएको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?