१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

चुनाव खर्च जुटाउन धमाधम आयोजना उद्घाटन गर्दै ओली



१८ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पछिल्ला दिनमा पार्टीका कार्यक्रमहरुमा भाग लिन देश दौडाहमा छन् । पार्टीका आमसभामा सहभागी हुन कार्यक्रमस्थलसम्म पुग्न भने उनले विकासको आयोजनाहरुका नाममा राज्यकोषको खर्च गरिरहेका छन् ।

सरकारी खर्चमा पार्टीको कार्यक्रमका लागि दौडाहमा निस्कँदा हुनसक्ने सम्भावित विरोध र आलोचना रोक्न र घोषित निर्वाचनअघि सरकारको काम देखाउन उनले शिलान्यास र उद्घाटनलाई तीव्रता दिन थालेका छन् ।

उनले आमसभामा सहभागी पनि हुने र स्थानीय क्षेत्रमा सरकारको काम र प्रयास झल्काउने कार्यक्रम पनि गर्ने गरी एकै तीरबाट दुई निशाना लगाउने प्रयास बढाएको देखिएको छ ।

अहिले पुलको उद्घाटनमा मात्रै हैन, सहरी सडक र नगरको सभाहलको उद्घाटन गर्नसमेत प्रधानमन्त्री नै फिल्डमा पुगिरहेका छन् । गत माघ १२ गते प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने राप्ती नदीको पुलको उद्घाटन गरे ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङसहित नेपाली सेनाको हेलिकप्टरबाट उनी दलबलसहित दाङमा उत्रिएका थिए । उनी पुलको रिबन काटेर सिधै लालमटियामा पुगे र पार्टीको वृहत कार्यकर्ता भेला तथा आमसभालाई सम्बोधन गरे ।


प्रतिक्रिया दिनुहोस !