१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

साइबर अपराध मुद्दामा पूर्व सचिव भीम उपाध्यायले पाए सफाइ



काठमाडौं : माघ १९, साइबर क्राइम अभियोगमा पूर्व सचिव भीम उपाध्यायले सफाइ पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चरित्र हत्या गर्ने गरी सामाजिक सञ्जालमा लेखेको आरोपमा गत वैशाख १५ गते दायर मुद्दामा उनलाई अदालतले सफाइ दिएको हो । वैशाख १० गते पक्राउ परेका उनी वैशाख १५ गते २५ हजार धरौटीमा रिहा भएका थिए । मुद्धा झेलेको झण्डै नौ महिना पछि उनले सफाई पाएका छन् ।

उनका पक्षमा बहस कानुन व्यवसायीहरू वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारी, बालकृष्ण न्यौपाने, दिनेश त्रिपाठी, चूडामणि पौडेल, रमण श्रेष्ठ, गोविन्द बन्दीहरुले बहस गरेका थिए । काठमाडौं जिल्ला अदालतले उनलाई सफाई दिएका हो । जिल्ला अदालतका न्यायाधीश भरतमणि खनालको इजलासले उनलाई आइतबार सफाइ दिएको हो ।


प्रतिक्रिया दिनुहोस !