Tuesday, January 14, 2025

ट्रेन्डिङ :

प्रचण्ड नेपाल समूहकी नेतृ अष्टलक्ष्मी शाक्यलगायत केही पक्राउ

spot_img
spot_img
spot_img

काठमाडौं : माघ २२, नेकपा प्रचण्ड माधव समूहले बिहीबार (आज) आह्वान गरेको आमहड्तालका क्रममा बिहानैदेखि त्यस समूहका नेता कार्यकर्तामाथि धरपकड भएको छ । प्रचण्ड नेपाल समूहका स्थायी कमिटी सदस्य रहेकी अष्टलक्ष्मी शाक्य लगायत केही नेता(कार्यकर्ता कलंकीबाट पक्राउ परेका छन् । नेकपा प्रचण्ड–माधव समूहका केन्द्रीय सदस्य विष्णु रिजालले शाक्यसहितका नेतामाथि प्रहरिले एकाबिहानै धरपकड गरेको जानकारी दिए । सडकमा बाक्लो संख्यामा प्रहरी र सशस्त्र प्रहरी तैनाथ छन् । सो क्रममा कलंकलीबाट मात्रै एक दर्जन बढी नेता कार्यकर्ता पक्राउ परेको बताइएको छ ।

यससँगै काठमाडौं उपत्यकाका सामाखुसी, चक्रपथ, बानेश्वरलगायत विभिन्न स्थानमा बन्द(हड्ताल गराउँदै हिँडेका त्यस समूहका नेता कार्यकर्तालाइ प्रहरीले नियन्त्रणमा लिइरहेको छ । बन्दका क्रममा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न साबिकको भन्दा प्रहरी जनशक्ति बढाइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । कार्यालयका अनुसार साबिकको भन्दा पैदल, मोबाइल, पिकेट गस्ती बढाइएको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?