१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

पक्राउ परेको केहि घण्टामै रामकुमारी झाँक्री रिहा



काठमाडाैं- बिहीबार पक्राउ परेकी नेकपा दाहाल नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ । उनलाई प्रहरीले साँझ रिहा गरेको हो । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले रामकुमारीलाई उनका श्रीमानको जिम्मामा रिहा गरिएको बताए ।

राष्ट्रपतिबारे अभिव्यक्ति दिएकी रामकुमारीलाई प्रहरीले राज्यविरुद्धको कसूरको अभियोगमा अनुसन्धान गर्न जरुरी पक्राउ पूर्जी थमाएर बिहीबार विहान पक्राउ गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !