काठमाडौं- न्याय र समताका लागि बृहत् नागरिक आन्दोलनले शुक्रबार ‘महिला मार्च’ निकालेको छ । महिला हिंसा र दण्डहीनताका अन्त्यको माग गर्दै बसन्तपुरमा भेला भई न्युरोड–रत्नपार्क–भद्रकाली हुँदै सिंहदरबार अगाडिको सडकसम्म महिला मार्च निकालिएको हो ।
प्रतिगमन र महिला हिंसा बिरुद्ध निकालिएको ‘महिला मार्च’ को दृष्य विगतका अन्य कार्यक्रमको भन्दा फरक थियो । सडक नाटकको झल्को दिने गरि निकालिएको महिला मार्चमा कलाकारहरुले एकोहोरो शंख फुक्दै एक युवतिलाई खटमा राखेर (शब बोके झैं) शहर परिक्रमा गरे ।
आधुनिक कलामा पर्फमेन्स आर्ट भनिने उक्त प्रस्तुतिमा सहभागी कलाकारले प्रतिगमनको विरोध युनिक शैलिमा गरेको बताए ।