१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेर ठुलो विश्वास घात गरे: रामचन्द्र पौडेल



काठमाडौं : फाल्गुन ०१, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले ठुलो विश्वास घात गरेर प्रतिनिधि सभा विघटन गरेको बताएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका डा.बाबुराम भट्टराईद्वारा लिखित ‘गुमनाम आमाहरूको कथा’ पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै पौडेलले यस्तो बताएका हुन् । 

संसदले प्रधानमन्त्री दिन नसकेमात्रै संसद विघटन गर्नसक्ने सहमतिमाथि धोका भएको पौडेलको भनाइ छ। ‘हामीसँगै बसेर गरेको सहमति केपी ओलीजीले विश्वासघात गर्नुभयो । यस विश्वासघातबाट देशलाई मुक्त गर्नुपर्छ’, पौडेलको भनाइ छ । उनले यति ठुलो विश्वासघात होला भन्ने नसोचेको भन्दै राजनीतिमा भएको ढाँटछलले जनता निरास भएको बताए । उनले राजनीतिक स्थायित्वका लागि संघर्ष गर्नुपरेको भन्दै विपीका पालामा हुन नसकेको काम जनताका प्रतिनिधिबाट हामीहरुले संविधान बनाएको बताए । उनले ६ बर्षसम्म छलफल गरेर सम्झौताको दस्तावेज मध्यमार्गका आधारमा संविधान बनाइएको पनि बताए । 

पौडेलले पुस्तकमा भट्टराईले भावनाको कुरा धेरै गरेको भन्दै बाबुराम र आफ्नो आमा दुबैजना गुमनाम आमाहरु भएको बताए । तर बाबुरामको आमा अली साहसी र आफ्नो आमा सरल रहेको उनको बुझाइ थियो ।  पौडेलले बाबुरामको आमालाई साहसी आमाको संज्ञा दिँदे सोही कारण भट्टराई युद्धमा होमिएको  संकेत गरे ।  

कार्यक्रममा जसपाका नेता ओशोक राईले पुस्तकबारे चर्चा गर्दै जनयुद्ध अझै जारी रहेको बताए । ‘दुई खालका विचार, दृटिकोण अझै घर्षणमा रहेकाले जनयुद्ध जारी छ । सडकमा भएको प्रदर्शन झण्डा प्रदर्शनका लागि मात्रै होइन, त्यहाँ विचार छ, दृष्टिकोण छ’, नेता राईको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !