१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

निर्मला र भागरथीका हत्याराहरुलाइ छिटै अदालतको कठ्घरामा उभ्याउने प्रधानमन्त्री ओलीको दावी



काठमाडौं : फाल्गुन १, प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला र भागरथीका हत्याराहरु केही समयभित्रै अदालतको कठ्घरामा उभ्याउने दावी गरेका छन् । उनले ती हत्याराहरुलाई पानीमुनि र विश्वका जुनसुकै ठाउँमा गएपनि सरकारले नछोड्ने दावी गरेका हुन् । 

शनिबार बुटवलमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो प्रतिवद्धता जनाएका हुन् । ‘निर्मला र भागरथीका हत्याराहरुलाई पानीमुनि गएपनि छोडिँदैन, विश्वका जुनसुकै देश गएपनि छोडिँदैन । उनीहरुलाई कानुनी दायरामा ल्याइन्छ’, प्रधानमन्त्री ओलीको दावी छ ।


प्रतिक्रिया दिनुहोस !