१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

संसदले काम नै नगर्ने अवस्था आएपछि संसद विघटन गरेको: प्रधानमन्त्री ओली



काठमाडौं : फागुन१, कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनस्र्थापना भए देश अस्थिरतातिर जाने भन्दै अदालतले त्यसो नगर्ने बताएका छन् । शनिबार बुटवलमा गरेको सभालाई सम्बोधन गर्दै ओली समूहका अध्यक्ष समेत रहेका उनले संसदले काम नै नगर्ने अवस्था आएपछि प्रधानमन्त्रीको विशेषाधिकार प्रयोग गरेर आफूले विघटन गरेको बताए । धारा ७६ (१) को प्रधानमन्त्रीले ७६(७) बमोजित संसद विघटन गरेको र यो संविधानसम्मवत भएको उनले दाबी गरे ।

प्रधानमन्त्री ओलीले अघि भने, ‘देशलाई अदालतले अस्थिरतातिर फर्काउने छैन भन्ने विश्वास छ ।’संसद पुनर्स्थापना भयो भने कुनै पनि पार्टीको बहुमत नहुने र त्यस्तो बेला अस्थिरता आउने उनले बताए । उनले अघि भने, ‘अब सोझै जनतामा जनादेशमा जानुपर्छ ।’

प्रचण्ड-माधव समूहतर्फ संकेत गर्दै उनले कसको पक्षमा जनता छन् भन्ने मतदानबाट गनौंला भनेका छन् । आफ्नो पार्टीले प्रत्यक्षतर्फ बहुमत र समानुपातिकतर्फ ५० लाख मत ल्याउने दाबी गर्दै ओलीले भने, ‘त्यो घटाएर देखाए भयो नि ।’


प्रतिक्रिया दिनुहोस !