१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता विद्याभूषण मानन्धरले दिए राजीनामा



सुर्खेत- कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता विद्याभूषण मानन्धरले राजीनामा दिएका छन् । उनले सामाजिक सञ्जाल मार्फत आफूले राजीनामा दिएको बताएका छन् । ‘मैले २ वर्ष १० महिना कर्णाली प्रदेश सरकारको मुख्य न्यायाधिवक्ताको पदमा रहेर जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेँ । ‘अब मेरो निजी कार्यव्यस्तताका कारण आफूले सम्हाल्दै आएको जिम्मेवारीमा रहिरहन नसक्ने भएकाले आजका मितिमा उक्त पदबाट राजीनामा दिएको छु ’ भनि खुलाएका छन् ।

उनले आफूलाई मुख्या न्यायाधिवक्ताको जिम्मेवारी दिएकामा कर्णाली सरकारप्रति आभार व्यक्त गरेका छन् । उच्च अदालतका न्यायाधीश सरह मर्यादा र सुविधा पाउने मुख्य न्यायाधिवक्ताले प्रदेश सरकारको कानूनी सल्लाहकारका रुपमा रहेर काम गर्छन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिशमा तत्कालिन प्रदेश प्रमुख दुर्गाकेशर खनालले मानन्धरलाई २०७४ साल चैत्र २८ गते मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !