१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

नेकपा प्रचण्ड-नेपाल समूहको चौथो चरणको आन्दाेलन घोषणा: ‘मानव साङ्लोले टुँडिखेल घेर्ने’



काठमाडौं- सत्ताको लागि आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल समूहले चौथो चरणको कार्यक्रम घोषणा गरेका छन् । पहिलो, दोस्रो र तेस्रो कार्यक्रम सम्पन्न गरेको नेकपा प्रचण्ड-नेपाल समूहले आइतबार सरकारविरुद्ध तेस्रो चरणको आन्दाेलनका कार्यक्रम घोषणा गरेका हुन् । प्रचण्ड–नेपाल समूहले फागुन ६ गते सरकारविरुद्धमा काठमाडौंमा मावन साङ्लोले टुँडिखेललाई गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । साथै नेकपाले सरकारले बढाएको महँगी, सरकारले गरेको भ्रष्ट्राचार लगायतको विषयमा पनि प्रदर्शन गर्ने तयारी गरेको छ ।

पुस ५ गते आफ्नै पार्टी र अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको विघटन गरेपछि नेकपामा अहिले दुई समूह विभाजित भएको छ । एउटा समूह अध्यक्ष तथा प्रधानमन्त्री ओली र अर्को समूह अध्यक्ष प्रचण्ड र माधव कुमार नेपालको नेतृत्वमा रहेका छन् । नेकपा दुई समूहमा विभाजित भएसँगै अहिले आधिकारिकता तथा चुनाव चिह्नको विषय प्रमुख बनिरहेको छ । तर, यी दुवै समूहले आफू वैधानिक तथा आधिकारिक भएको दाबी गर्दै हिँडिरहेका छन् । उनीहरुले चुनाव चिह्न पनि आफूबाहेक अरुले नपाउने दाबी गर्दै आएका छन् । त्यसको लागि पनि एक आपसमा कसले ठूलो सभा भन्ने होडबाजीनै चलेको छ ।

दुवै समूहले अहिले बराबर कार्यक्रम गर्दै आएका छन् । आमरुपमा नेकपाका दुई समूहले गर्ने कार्यक्रम एक अर्कोलाई देखाउनका लागि गरिएको कार्यक्रमको रुपमा लिइन्छ । उनीहरु मञ्चबाट एक अर्कोलाई गाली गर्दै आइरहेका छन् । त्यही क्रममा आइतबार प्रचण्ड–नेपाल समूहले तेस्रो चरणको कार्यक्रम पनि घोषणा गरेका छन् । उक्त समूहले देशव्यापीरुपमा विभिन्न मितिमा सरकारविरुद्ध कार्यक्रम गर्ने घोषणा गरेका छन् । त्यस्तै अघिल्लो जस्तै अहिले पनि वडा स्तरसम्म सरकारविरुद्ध विरोधका कार्यक्रम गर्ने तालिका सार्वजनिक गरेका छन् । तेस्रो चरणको आन्दोलनमा भने नेकपा प्रचण्ड–नेपाल समूहले काठमाडौं बाहिर ठूला सभा गर्ने तयारी गरेको छ । पहिलो र दोस्रो चरणको कार्यक्रममा काठमाडौंमा ठूला सभा गरेको उक्त समूहले यो पटक भने चितवन, दाङ, नेपालगञ्ज र जनकपुरमा ठूला सभा गर्ने तयारी गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !