Sunday, April 27, 2025

ट्रेन्डिङ :

भागरथी हत्या प्रकरण : सार्वजनिक पद धारण गरेकै व्यक्ति पक्राउ

spot_img
spot_img

बैतडी- प्रहरीले किशोरी भागरथी भट्टको हत्या प्रकरणमा एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरी स्रोतका अनुसार, सार्वजनिक पद धारण गरेका एक व्यक्तिलाई बलात्कारपछि भएको हत्यामा संलग्न भएको आशंकामा पक्राउ गरिएको हो । सार्वजनिक पद धारण गरेका ती व्यक्तिलाई प्रहरीले भीमदत्त नगरपालिकाको एठपुरबाट पक्राउ गरी बैतडी लगेको प्रहरी स्रोतले जनाकारी दिएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिका विषयमा केहीले सूचना दिएको र हत्याको घटनापछि उनी कञ्चनपुर गएका थिए । प्रहरी स्रोतका अनुसार, उनको संलग्नता देखिने केही आधारहरु देखिएकाले त्यस विषयमा छानविन गर्न पक्राउ गरेको जानकारी दिएको छ । तर, उनको परिचय खुलाइसकेको छैन । दोगडाकेदार गाउँपालिकाकी १७ वर्षीया भट्टको बलात्कारपछि हत्या भएपनि प्रहरीले निचोड भने निकालिसकेको छैन ।

प्रहरीले घटना भएयता गाउँ छाड्नेहरूको सूची बनाएर निगरानी गरिरहेको थियो ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?