१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

गलत सूचनाको भर नपर्न साईबर व्यूरोको अनुरोध



काठमाडौं- प्रहरी प्रधान कार्यालय साईबर व्यूरो काठमाण्डौंले गलत सूचनाको भर नपर्न अनुरोध गरेको छ । व्यूरोले आज एक सूचना जारी गर्दै सामाजिक सञ्जाल फेसबुकमा फेक अकाउन्ट बनाई मेसेन्जरबाट कल गरेर ‘म साईबर क्राईम डिपार्टमेन्ट’ बाट प्रहरी बोलेको हो भनी विभिन्न विवरण माग्ने गरेको पाइएको बताउर्दै सजग रहन सवैलाई आग्रह गरेको हो ।

विभिन्न समयमा व्यक्तिहरूको ल्यानलाईन, मोबाईल फोन नम्बरहरुमा तपाईको फेसबुक ह्याक भएको छ, अश्लिल फोटो, भिडियोहरु सामाजिक सञ्जालमा भाईरल भैरहेको छ, हामीले एक पटकको लागि त्यसो हुन बाट रोकिदिएका छौं भन्दै फोन गर्ने गरेको पाइएकोे प्रहरीले बताएको छ । उक्त विषयमा सूचना एवं उजुरीहरु पछिल्ला समयमा वढ्दै गईरहेको प्रति ब्यूरोको ध्यानाकर्षण भएको बताएको छ ।

सो सम्बन्धमा प्रविधिको दुरुपयोग गरी गरिएका गैर जिम्मेवारी तथा ऐन कानुन विपरीत कार्य प्रति सजग भई, त्यसरी झुक्यानमा पार्ने खालका क्रियाकलापहरू बाट सचेत रहन प्रहरीको आग्रह छ । आफ्ना व्यक्तिगत कुनैपनि विवरणहरू उपलब्ध नगराउन साथै त्यस्ता कार्यहरू भए गरेको पाईएमा तत्काल आफ्नो अभिभावक, नजिकको प्रहरी कार्यालय वा प्रहरी प्रधान कार्यालय, साईबर ब्यूरोमा खवर गर्न व्यूरोले अनुरोध गरेको छ ।


प्रतिक्रिया दिनुहोस !