१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

निषेध र विभेदको राजनीतिले जनताको भावना बटारिदैन : शाह



काठमाडौं : फागुन ६, पूर्वराजा ज्ञानेन्द्र शाहले ‘प्रजातन्त्र’ प्राप्तिको ७० वर्षपछि आएर पनि मुलुक प्रजातन्त्रकै विषयमा विवाद, द्वन्द्ध र बहसमै ब्यस्त तथा ग्रस्त रहेको बताएका छन् । पूर्वराजा शाहले विहीबार ‘७१ औं राष्ट्रिय प्रजातन्त्र दिवस’को पूर्वसन्ध्यामा शुभकामना दिदै प्रजातन्त्रमा जनशक्ति र जनसम्मति नै विशिष्ट पक्ष भएको, जनताको आस्था, चाहना र जनभावना अन्ततः अमिर रहने र यसलाई मेट्न खोजेर, बटारेर त्यो नबटारिने बताएका छन् ।

पूर्व राजा शाहद्वारा जारी शुभकामना विज्ञप्तीमा भनिएको छ, ‘नेपाल, जनता र राजाको सहमतिबाट खडा भएको र त्यसको अस्तित्व रक्षा पनि सहमतिबाट मात्रै हुने यथार्थको अवज्ञाले निषेध र विभेदको राजनीति सुरु गरिएकोमा मुलुक दिनप्रति दिन जटिलतामा फस्दै गएको महसुस आम नेपालीले गरिरहेका छन् ।’ त्यस्तै, प्रजातन्त्र भनेको आवधिक निर्वाचन र दल विशेषको नेताहरुको शासण प्रणाली मात्र नभएर सामाजिक जीवन पद्धति पनि भएको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै शुभकामना विज्ञप्तीमा थप भनिएको छ, ‘यसमा राष्ट्रको प्रतिष्ठा बढाउन हामी कति समथ्र्य भएका छौं रु सबैले मातृभूमिको पवित्र माटो छातीमा राखेर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ ।’


प्रतिक्रिया दिनुहोस !