Thursday, January 16, 2025

ट्रेन्डिङ :

चीनले पहिलो पटक भारतसँगको गलवानको झडपमा मारिएका सैनिकको विवरण खुलायो

spot_img
spot_img
spot_img

काठमाडौं : फागुन ७, गत बर्ष भारत र चीनको बीचमा भएको सैन्य झडपमा मारिएका आफ्ना ४ सैनिकको चीनले पहिलोपटक विवरण खुलाएको छ । गत बर्ष गलवान भ्यालीको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भारतीय सेनासँग भएको झडपमा चिनियाँ सेनाको क्षतीलाई पहिलो पटक चीनले स्वीकार गरेको हो । झडपमा जम्मा २० भारतीय सैनिकको मृत्यु भएको थियो । ४५ बर्षपछि भएको दुई देशको सैन्य झडपमा सबैभन्दा खराब सीमा विवाद हो। भारतीय मिडियाले यसभन्दा पहिले यस क्षेत्रमा चिनियाँ सेनाको बढी मृत्यु भएको भन्दै होहल्ला मच्चाएका थिए चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र ग्लोबल टाईम्सले उल्लेख गरेको छ ।

काराकोरम माउन्टेनमा रहेका पाँच चिनियाँ फ्रन्टियर अफिसर र सिपाहीहरूलाई चीनको केन्द्रीय सैन्य आयोगले जुन २०२० मा गल्वान उपत्यकामा राष्ट्रिय सार्वभौमिकताको रक्षा गर्नका लागि उनीहरूले पुर्‍याएको योगदानको स्मरणार्थ भारतसँगको सीमा टकरावमा योगदान पुर्‍याएको भन्दै पुरुस्कृत समेत गरेको ग्लोबल टाईम्सले जनाएको छ । त्यस्तै भारतीय सेनाले ठूलो संख्यामा सैनिकहरू परिचालन गरेको र जसले चिनियाँ सेनालाई स्वीकार्न बाध्य तुल्याएको उल्लेख छ । इस्पात ट्युब, कुजेल र ढुंगाले आक्रमण गरी चिनियाँ सैनिकहरूले देशको सार्वभौमिकताको रक्षा गरेको भन्दै पुरुस्कृत गरेको हो । गलोबल टाईम्सबाट ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?