१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

विद्यालयमै १४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ



कञ्चनपुर । १४ वर्षीया बालिकालाई यौनदुर्व्यवहार गरेको आरोपमा कञ्चनपुरमा प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ । १४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा बेलौरी नगरपालिका–६ विद्यानगर घर भएका सोही ठाउँस्थित महाकाली माध्यामिक विद्यालयका शिक्षक ५३ वर्षीय मधुविलास ढुङ्गानालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

विद्यालयको कक्षा कोठामा बुधबार बिहान ती बालिकालाई ढुङ्गानाले यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले शिक्षक ढुङ्गानालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !