१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

८८ सङ्क्रमित थपिए, १३६ कोरोनामुक्त



काठमाडौं- नेपालमा कोरोनाभाइरसका ८८ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा दुई हजार ४८ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ८८ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७३ हजार ३५१ पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा १३६ जना सङ्क्रमित निको भएका छन् । कोभिड १९ को सङ्क्रमणबाट मुक्त भएकाको संख्या दुई लाख ६९ हजार ७५५ पुगेको हो । हाल एक हजार ५३५ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयका अनुसार हालसम्म २१ लाख ३६ हजार ३०९ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । हाल ७१ जना क्वारेन्टिनमा छन् । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा कसैकाे मृत्यु भएको छैन ।


प्रतिक्रिया दिनुहोस !