Sunday, January 19, 2025

ट्रेन्डिङ :

नेपालमा ५ वर्षमा भ्रष्ट्राचारको वृद्धिदर दोब्बरभन्दा बढीको रफ्तारमा

spot_img
spot_img
spot_img

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निकालेको प्रतिवेदनमा विगत ५ वर्षमा भ्रष्ट्राचारका मुद्दा हरेक वर्ष बढ्दै गएको देखाइएको छ। भ्रष्ट्राचारका मुद्दा विगत ५ वर्षमा दोब्बरभन्दा बढी बढेका छन्।प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७२-७३मा अख्तियारले एक सय ४४ वटा मुद्दा विशेष अदालतमा दायर गरेको थियो र तर यो सङ्ख्या हरेक वर्ष बढ्दै गई आव २०७६-७७सम्म ४ सय ४१ वटा मुद्दा अदालतमा दायर गरेको छ। प्रतिवेदन अनुसार अदालतमा दायर गरिएका ४ सय ४१ वटा मुद्दा मध्ये ३ सय ४५ वटा मुद्दामा बिगो रकम माग गरिएको छ।

यी मध्ये १ सय २ वटा मुद्दामा १ हजार देखि १ लाखसम्म बिगो रकम दाबी गरिएको छ। २९ वटा मुद्दामा १ करोड भन्दा बढी रकम बिगो दाबी गरिएको छ। १८ वटा मुद्दा गैर कानुनी सम्पत्ति आर्जन गरेको विषयमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। घुस लेनदेन सम्बन्धमा पनि अख्तियारले पक्राउ गर्ने गरेका रङ्गेहातका घटनाहरू पनि हरेक वर्ष बढ्दै गएको प्रतिवेदनमा जनाइएको छ।

घुस लेनदेन सम्बन्धी अख्तियारले दायर गरेको २ सय ५ वटा मुद्दामा ७९ जना नायब सुब्बा सरहका कर्मचारी छन्। प्रतिवेदन अनुसार विशिष्ट श्रेणीका २ जना, उपसचिव सरहका २३ जना र शाखा अधिकृत वा शाखा अधिकृत सरहका ७८ जना घुस लिँदा लिँदै रङ्गेहात भेटिएको अख्तियारले जनाएको छ।

आयोगले २०७६-७७मा घुस रिसवत आरोपमा २ सय ५ मुद्दा वटा मुद्दा दायर गरेको थियो। जसमा ३ सय ४१ कर्मचारी तथा मनोनीत-निर्वाचित प्रतिनिधिलाई प्रतिवादी बनाइएको छ। प्रतिवेदन अनुसार बिचौलिया, मतियार, घुस दिने व्यक्ति ६७ जना गरी ३ सय ४१ जनालाई प्रतिवादी बनाइएको छ। यसै गरी ३१ जना खरिदार वा सो सरह, ४५ जना सहायक कर्मचारी र अन्य ६७ जना कर्मचारीलाई प्रतिवादी बनाइएको छ।

समूहगत हिसाबबाट प्रशासन सेवाका कर्मचारी सबैभन्दा बढी घुस्याहा देखिएका छन्। प्रशासन सेवाका १ सय ४ जना कर्मचारी रङ्गे हात घुस सहित रङ्गेहात भेटिएको अख्तियारले जनाएको छ। प्राविधिक समूहका ८८ जना, प्रहरी ५५ जना, शिक्षक ११ जना, निर्वाचित मनोनीत १६ जना तथा ६७ जना बिचौलिया घुस लिँदा लिँदै रङ्गेहात भेटिएको अख्तियारले जनाएको छ।

अख्तियारले घुस लेनदेनमा १ हजार देखि १ करोड रुपैयाँ सम्म बिगो रकम माग गरी अदालतमा मुद्दा दायर गरेको छ। प्रतिवेदन अनुसार एक हजार भन्दा कम बिगो रकम रहेका ५१ वटा मुद्दा, ५० लाख देखि १ करोड रुपैयाँ सम्मका दुई वटा मुद्दा र १ करोड भन्दा बढी बिगो दाबी गरिएका १ वटा मुद्दा छन्। प्रतिवेदन अनुसार अख्तियारले दायर गरेको मुद्दामा सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरेको ७५ वटा, गैर कानुनी सम्पत्ति आर्जन गरेको १८, गैर कानुनी लाभ वा हानी पुर्‍याएको ३५ वटा मुद्दा दायर गरिएका छन्। यसै गरी आव २०७६-७७मा राजस्व चुहावटका १२ वटा मुद्दा दायर गरिएको अख्तियारको प्रतिवेदनमा जनाइएको छ। सार्वजनिक आय, सार्वजनिक खर्च, सार्वजनिक सम्पत्ति, सेवा प्रवाह,सार्वजनिक सेवा प्रवेशका विभिन्न क्षेत्रमा विभिन्न, रूप, रङ्ग, शैलीका भ्रष्ट्राचार जन्य कार्य बढ्दै गएको प्रतिवेदनमा जनाइएको छ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?