१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

बागमती प्रदेशको लोकसेवा परिक्षामा ७० प्रतिशत सहभागिता



बुटवल : बागमती प्रदेशका विभिन्न स्थानीय तहहरूमा रिक्त प्रशासन सेवा सामान्य प्रशासन, लेखा र आन्तरिक लेखा परीक्षण सहायक स्तर पाँचौँ तहको १२९ पदका लागि शनिवार भएको लिखित परीक्षामा ७०.२८ प्रतिशत परीक्षार्थीहरूको सहभागिता रहेको प्रदेश लोक सेवा आयोग बागमती प्रदेशले जनाएको छ ।

हेटौँडामा २८ र भरतपुर १४ गरी ४२ परीक्षा केन्द्रहरूमा गरी पाँच हजार आठ सय ८३ परीक्षार्थीहरूको सहभागिता रहेको थियो । जसमध्ये हेटौडामा एक हजार ६ सय ३४ महिला र दुई हजार तीन सय ८४ पुरुष गरी चार हजार १८ र भरतपुरमा ६ सय ८० महिला र एक हजार एक सय ८५ पुरुष गरी एक हजार आठ सय ६५ उपस्थित भएका छन् । जम्मा आठ हजार तीन सय ७० परीक्षार्थी मध्ये दुई हजार चार सय ८७ जना अर्थात् २९।७२ जना परीक्षार्थी अनुपस्थित रहेको पनि आयोगले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !