१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

मेलम्ची खानेपानीको सुरुङमा पानी पठाएर परीक्षण शुरू



काठमाडौँ- मेलम्ची खोलाको पानी काठमाडौँ ल्याउन आज पानी हालेर सुरुङ परीक्षण गरिएको छ । सो कुराको जानकारी मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले गोरखापत्र अनलाइनलाई दिनुभयो । मेलम्ची खोलादेखि सुन्दरीजलसम्मको सुरुङ खण्डमा पानी पथान्तरण गर्न परीक्षण गरिएको हो । खानेपानी मन्त्री मणिचन्द्र थापाले आज मेलम्ची पुगेर सुरुङमा पानी भर्ने कामको शुभारम्भ गर्नु भएको हो । कार्यक्रममा मेलम्ची खानेपानी विकास समितिका पदाधिकारी तथा प्राविधिक टोलीको सहभागिता थियो ।तीन चरणमा पथान्तरण गरी परीक्षण सफल भएपछि मेलम्चीको पानी काठमाडौँ आउने आयोजनाले बताएको छ ।

परीक्षण गर्न न्यूनतम दुुई महिना लाग्छ । मेलम्चीमा सुरुङ प्रवेशद्वार (गेट)को जडान र फिनिसिङ सम्पन्न भएपछि पानी पथान्तरण गर्नुअघि प्राविधिक टोलीमार्फत अनुगमन गरिएको थियो । आयोजनाको प्रमुख दाता एसियाली विकास बैङ्क (एडीबी)ले पानी पथान्तरणअघि विज्ञहरूबाट अनुगमन गराएर थप काम गर्नुपर्ने सुुझाव दिएपछि पथान्तरणका लागि करिब दुुई महिना ढिला भएको थियो ।

मेलम्चीको पानी काठमाडौँ आउन कम्तीमा पनि अझै दुुई महिना लाग्ने देखिन्छ । मेलम्ची खानेपानी समितिका अनुसार तीन चरणमा पथान्तरण गरिनेछ । पहिलो चरणमा सुरुङमा पानी पठाएर होल्ड (पथान्तरण) गरिनेछ । उक्त पानी सुरुङबाट बाहिर फालेर पुनः पथान्तरण गरिनेछ । तीन चरणको पथान्तरणपछि सुन्दरीजलमा पानी ल्याइनेछ ।- गोरखापत्रबाट


प्रतिक्रिया दिनुहोस !