
काठमाडौं- चलचित्र निर्माता तथा कलाकार रमेशचन्द्र राईले अभिनय गरेको ‘ठमेल बजारमा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। भिडियोमा रमेशचन्द्रसँगै सीता राईले अभिनय गरेकी छन्। सन्दीप भुजेलले कोरियोग्राफी र निर्देशन गरेको उक्त भिडियोको छायांकन र सम्पादन संजीत घिसिङले गरेका छन्।
गीतमा सुनिता थेगिम र अशोक मुकारुङको स्वर छ। करबीर तामाङको शब्द सृजना गरेको उक्त गीतमा पदम राजन मगरले संगीत भरेका छन्।