१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

मन्त्रिपरिषद्को बैठक जारी, विप्लव नेकपामाथिको प्रतिबन्ध हटाईदैँ



काठमाडौं । सुरक्षा परिषद् बैठक लगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसेको छ । बैठक अहिले जारी रहेको छ । बैठकले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउने निर्णय गर्न सक्ने सम्भावना रहेको छ । बैठकले प्रतिबन्ध फुकुवाको निर्णय गरेर विप्लव नेकपालाई औपचारिक रूपमा वार्ताको लागि आह्वान गर्ने सम्भावना रहेको बताईएको छ । सरकारले वार्ताको वातावरण बनाए आफूहरु संवादका लागि तयार रहेको भन्दै विप्लव नेकपाले शनिबार मात्रै विज्ञप्ती जारी गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !