२ असार २०८१, शनिबार
 |   Sat Jun 15 2024
Logo

पछिल्लो २४ घण्टामा ११० जनामा कोरोना संक्रमण पुष्टि, चारजनाको मृत्यु



काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ११० जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ६६६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थप १०२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७० हजार ६८ पुगेको छ। हाल देशभर १ हजार ५ सय ३३ जना सक्रिय संक्रमित रहेका छन्।

गत २४ घण्टामा कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ६५ पुगेको छ।


प्रतिक्रिया दिनुहोस !