Saturday, May 24, 2025

ट्रेन्डिङ :

होस्टलभित्रै प्रवेश गरेर छात्रासँग अनैतिक क्रियाकलाप गर्ने सहक्याम्पस प्रमुख सिटौलालाई कारबाहीको माग

spot_img
spot_img

तेह्रथुम । तेह्रथुम बहुमुखी क्याम्पस चुहानडाडाका सहक्याम्पस प्रमुख क्याम्पसकै छात्रासँग अनैतिक क्रियाकलाप गरिरहेको पाइएपछि विद्यर्थाीहरुले कारबाहीको माग गरेका छन् । गत फागुन ५ गते रातिको समयामा क्याम्पसको महिला होस्टलभित्रै प्रवेश गरेर सहक्याम्पस प्रमुख लोकेन्द्र सिटौलाले आफ्नै विद्यार्थीसँग अनैतिक क्रियाकलाप गरेको विद्यार्थीहरुले बताएका छन् ।

नाम नखुलालउने सर्तमा एक छात्राले भनिन्, ‘रातिको समयमा क्याम्पससह प्रमुख महिला होस्टलमा आउनुभएको साथीहरुले देख्नुभयो, त्यसपछि क्याम्पस प्रशासन अन्य विद्यार्थी साथीहरुसँग कोठाको झ्यालबाट चिहाउदा अनैतिक क्रियाकलाप देखियो। त्यसपछि प्रहरी प्रशासनलाई बोलाइएपनि क्याम्पस प्रशाशनले आफै मिलाउने भनेर प्रहरी फर्काएको ती विद्यार्थीले बताइन् । तर क्याम्पस प्रशासनले कुनै प्रकारको कारबाही गर्ने नदेखिएपछि विद्यार्थीहरुले क्याम्पस प्रशासनमा शिक्षक र विद्यार्थी दुवैलाई कारवाही गरिपाउँ भनी निवेदन समेत दिएको अर्का विद्यार्थीले बताए ।

त्यस्तैगरी सोही क्याम्पसमा अध्यायनरत अर्का विद्यार्थीले नाम नखुलाउने शर्तमा नेपालकै शिक्षा क्षेत्रको इतिहास बोकेको एक गरिमामय संस्थामा अबद्ध शिक्षक र विद्यार्थीको यो त्रियाकलापले अभिभावकमा नकारात्मक सन्देश दिएको बताए । उनले पनि शिक्षक विद्यार्थी दुवैलाई कारवाही गर्नुपर्ने बताए ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?