Wednesday, February 19, 2025

ट्रेन्डिङ :

पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात, अवस्था गम्भीर

spot_img
spot_img

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्काघात भएको छ। उनको सचिवालय स्रोतका अनुसार बिहीबार राति वीर अस्पताल लगिएका उनलाई आज (शुक्रबार) बिहान नर्भिक अस्पताल रेफर गरिएको छ।

बिहीबार राति शरीरको देब्रे भागमा समस्या भएपछि उनलाई वीर अस्पताल लगिएको थियो। तर त्यहाँ उपचार सम्भव नभएपछि उनलाई नर्भिक सारिएको हो।

कांग्रेस नेता जोशीको मस्तिष्कमा रगत जमेको र अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। अहिले उनको आकस्मिक शल्यक्रिया गर्ने तयारी भइरहेको छ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?