७ चैत्र २०७९, मंगलवार
 |   Tue Mar 21 2023
Logo

कर्मचारीहरुको सञ्चयकोष,पेन्सन र सापटी भुक्तानी सिधै व्यक्तिगत खातामा जम्मा हुने



काठमाडौं : अब सरकारी कर्मचारीहरुको सञ्चयकोष,पेन्सन कोष र सापटी भुक्तानी रकम सिधै व्यक्तिगत खातामा जम्मा हुने भएको छ । राजश्व सचिव तथा कर्मचारी सञ्चयकोषका अध्यक्ष रामशरण पुडासैनी,महालेखा नियन्त्रक मधुकुमार मरासिनीले संयुक्त रुपमा यो प्रणालीको शुभारम्भ गरेसँगै नेपाल सरकारका देशभरका पौने तीन लाख कर्मचारीको कर्मचारी सञ्चयकोषको भुक्तानी विद्युतीय माध्यमबाट हुने भएको हो । हाल संघ, प्रदेश सेवा अन्तर्गतका निजामती, प्रहरी र जंगीतर्फ करिब २ लाख ७५ हजार सञ्चयकर्ता यस प्रणालीबाट लाभान्वित हुने दावी कोषले गरेको छ ।

यो सेवा प्रारम्भ भएसँगै नेपाल सरकार तथा सातै प्रदेश सरकारका निकायमा कार्यरत कर्मचारीको सञ्चयकोष, निवृत्तिभरण कोष र सापटी भुक्तानी रकम विद्युतीय माध्यमबाट तत्कालै ९रियल टाइममा० व्यक्तिगत खातामा जम्मा हुनेछ । यसले संचयकर्ताको खातामा सिधै रकम जाने हुँदा अब सञ्चय कोष रकम व्यक्तिगत खातामा जम्मा नहुने, हराउने, दोहोरो प्रविष्टि हुने, घटी–बढी दाखिला हुने तथा एकै व्यक्तिका धेरै वटा खाता रहनेजस्ता समस्या समाधान हुने कोषले दावा गरेको छ ।


प्रतिक्रिया दिनुहोस !