१८ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 30 2024
Logo

सांसदहरुले पार्टीको ह्विप उल्लंघन गरे कारबाही गर्ने ओली समूहको चेतावनी



काठमाडौं : ओली समूहका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आफूहरुसँग सयभन्दा बढी सांसद रहेको दाबी गरेका छन् । आवश्यक परे संसदमा देखाउन तयार रहेको उनले जिकिर गरे । शनिबार राजधानीमा आयोजित अन्तरक्रियामा भट्टराईले प्रधानमन्त्री ओली अल्पमतमा रहेको भनेर बाहिर हल्ला चलाइएको र आवश्यक पर्दा आफुसँग भएको बहुमत देखाई दिने बताए । संसद पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई आफूहरुले सम्मान गर्ने उनले सुनाए । फागुन २३ गतेका लागि संसद अधिवेशन बोलाउन सिफारिस गरिएको भन्दै उनले त्यसअघि नेकपा संसदीय दलको बैठक बस्ने जानकारी दिए । प्रमुख सचेतक भट्टराईले प्रधानमन्त्री ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता भए आफूहरुले डटेर सामना गर्ने उनले जनाए । तर, पार्टीका सांसदहरुले पार्टीको ह्विप उल्लंघन गरे विधानअनुसार कारबाही गरिने उनले चेतावनी दिए ।


प्रतिक्रिया दिनुहोस !