१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

भीमदत्त नगरपालिकामा करार कर्मचारी भर्नामा अनियमितता, अख्तियारले माग्यो कागजात



कन्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिकामा करार कर्मचारी भर्नामा अनियमितता भएको भन्ने चर्चा चलेपछि अख्तियारले कागजात मागेको छ । अनमी, अहेब (सहायक चौथो) पदमा विज्ञापन नम्बर ३०७७ ०७८ मार्फत पाँच जना कर्मचारी माग गरिएको थियो । विज्ञापन आव्हान भएलगत्तै छनोट प्रक्रिया अगाडि बढाउनुपर्ने भएपनि पाँच महिना ढिलो गरी छनोट प्रक्रिया अघि बढाइएपछि नगरपालिकामा अनियमितता भएको चौतर्फी गुनासो आएको थियो ।

पाँच महिनापछि अर्थात् माघ २८ गते भएको लिखित परीक्षामा अनियमितता भएको भन्ने कुरा बाहिरिएपछि सामाजिक सञ्जाल तातिरहेको कै बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले चासो लिएको हो । यस्तै कर्मचारी भर्नामा अनियमितता गरेर आफू अनुकूल व्यक्ति छनोट गर्न लागेको भन्दै कर्मचारी छनोट समितिका संयोजक हरिदत्त जोशीले पदमा नबस्ने घोषणा गरेका थिए । आफू निकटका व्यक्तिलाई जागिर दिनका लागि नयाँ परीक्षा समिति बनाई सबै ‘सेटिङ’ गरेको नगरपालिका स्रोतले जानकारी दिएको छ ।

लिखित परीक्षाको नतिजा सार्वजनिक भएलगत्तै अन्तर्वार्ता हुनुअघि नै परीक्षा समितिले कसको नाम निस्किने भन्ने बाहिरि सकेको थियो । अन्तर्वार्ता हुनुअघि नै लिखित परीक्षामा नाम निस्किएका ११ जनामध्ये पाँच जनाको नामको अगाडि ‘टिक’ लगाइएको कागजात समेत बाहिरिको थियो । उक्त कागजातमा मिति फागुन ३ गते उल्लेख छ । नगरपालिकाले फागुन ९ नतिजा प्रकाशन गरेको छ । अन्तर्वार्ताको नतिजा पनि ‘टिक’ लगाइएका पाँच जना मध्ये ४ जनाको नाम निस्किएको छ । उक्त टिक लागेको सूचना लिक भएपछि खुला तथा महिला दुबैतर्फ लिखितमा नाम निकाल्न सफल उमेद्वार इश्वरी जोशीलाई अन्तरवार्तामा फेल गरी उनको सट्टामा अरुलाई नै पास गरेको छ, भने बाँकी ४ जना पहिलानै टिक लगाएकालाई पास भईसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !