Monday, October 7, 2024

ट्रेन्डिङ :

प्रधानमन्त्री ओलीले गरे औद्योगिक पार्कको शिलान्यास

झापा : प्रधानमन्त्री केपी शर्मा ओलीले झापास्थित आफ्नो निर्वाचन क्षेत्रमा औद्योगिक पार्कको शिलान्यास गरेका छन् । उनले आइतबार दमकमा ‘चीन–नेपाल मैत्रीपूर्ण औद्योगिक पार्क’को शिलान्यास गरेका हुन् । दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिका क्षेत्रमा पर्ने जग्गामा पहिलो चरणमा ६४ अर्ब रुपैयाँ लगानी गरेर पार्क बन्नेछ । दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिनाका अनुसार पार्क २१ सय बिगाहा क्षेत्रफलमा फैलिएको हुनेछ । यसको भौतिक पूर्वाधार ५ वर्षभित्र पूरा गर्ने लक्ष्य लिइएको छ ।

चीनको ल्हासा इकोनोमिक एण्ड टेक्नोलोजी डेभेलपमेन्ट जोन जिङपिङ ज्वाइन्ट क्रिएसन कन्स्ट्रक्सन प्रोजेक्ट डेभेलपमेन्ट कम्पनी लिमिटेडले पार्क बनाउनेछ । पार्क निर्माणका लागि सन् २०१७ मै चिनियाँ टोलीले स्थलगत अवलोकन गरेको थियो । पार्कमा सवारीसाधन, मोबाइललगायतका विद्युतीय सामग्री उत्पादन गर्ने कम्पनी स्थापना हुनेछन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?