Monday, September 16, 2024

ट्रेन्डिङ :

अब काठमाडौंभित्र र बाहिर स्मार्ट सिटी बनाउँछौं : शहरी विकास मन्त्री प्रभु साह

काठमाडौं- शहरी विकास मन्त्री प्रभु साहले काठमाडौंभित्र र बाहिरका स्मार्ट सिटी निर्माणलाई समानान्तर ढंगले अघि बढिरहेको बताएका छन् । सोमबार शहरी विकास मन्त्रालयमा आयोजित छलफलमा मन्त्री साहले काठमाडौंमा बन्ने ४ स्मार्ट सिटीमध्ये ३ वटाको काम अगाडि बढेको भन्दै काठमाडौं बाहिरका स्मार्ट सिटीको काम पनि सँगै अघि बढाउने जानकारी दिए ।

‘काठमाडौंभित्रका स्मार्ट सिटी र काठमाडौं बाहिरका स्मार्ट सिटी दुईवटैलाई हामी समानान्तर ढंगले नै अगाडि बढाइरहेका छौं । भन्नलाई मात्रै स्मार्ट सिटी होइन, देख्नलाई पनि स्मार्ट सिटी’ उनले भने । काठमाडौंको भद्रगोल शहरीकरणलाई योजनाबद्ध, व्यवस्थित शहरीकरणका रुपमा अघि बढाउने भन्दै उनले त्यसकै प्रयासस्वरुप स्मार्ट सिटी निर्माण अघि बढाएको मन्त्री साहले बताए । ‘काठमाडौंमा आफ्नै ढंगले शहरीकरण भइरहेको छ । त्यो भद्रगोल शहरीकरणलाई एउटा योजनावद्ध, व्यवस्थित शहरीकरणको सचेत प्रयासका रुपमा यसलाई बुझ्न जरुरी छ’ उनले भने । स्मार्ट सिटी बनाउने काम छिटो गर्नुपर्ने र छिटो बनाउने नाममा कानुन विपरीत गर्न नहुनेमा आफू सचेत रहेको मन्त्री साहको भनाइ छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?