Friday, May 16, 2025

ट्रेन्डिङ :

मुम्बईको विद्युत् प्रणाली अस्तब्यस्त हुनेगरी चिनियाँ ह्याकहरुले आक्रमण गरेको खुलासा

spot_img
spot_img

काठमाडौं : गत वर्ष जुनमा भारत र चीनका सैनिकहरू हिमालयको काखमा रहेको गल्वान उपत्यकामा एकअर्कासँग झडप पछि मुम्बईको विद्युत् प्रणालीमा चिनियाँ ह्याकहरुले आक्रमण गरेको द न्यूयोर्क टाइम्सले जनाएको छ । चिनियाँ ह्याकहरु कै आक्रमणपछि गत अक्टोबर १२ मा भारतको आर्थिक राजधानी मुम्बईमा घन्टौंसम्म बिजुली गएको र बिजुली नभएपछि रेल सेवा नै बन्द गर्नुपरको सो पत्रिकाले जनाएको छ । कोरोनाभाइरसका संक्रमित उपचार गरिरहेका अस्पतालहरूले भेन्टिलेटर चलाउन आपतकालीन उपाय अपनाएका थिए । २ करोड मानिस बसोबास गर्ने मुम्बईको जनजीवन बिजुली नहुँदा अस्तव्यस्त बनेको थियो ।

गल्वान उपत्यकादेखि मुम्बई १५ सय माइल टाढा छ तर अक्टोबरमा मुम्बईले झेलेको लोडसेडिङ भने गल्वानसँग जोडिएको हुन सक्ने अहिले खुलेको छ। अमेरिकाको रेकर्डेड फ्युचर संस्थाले गरेको अनुसन्धानले मुम्बईमा बत्ती जानुका पछाडि चिनियाँ सरकारसमर्थित साइबर ह्याकर्सहरूको हात हुन सक्ने देखाएको छ। द न्यूयोर्क टाइम्समा प्रकाशित समाचारअनुसार चीनको सरकार समर्थित समूह रेड इकोले भारतीय विद्युत उत्पादन र वितरण प्रणालीको सफ्टवेयरमा माल्वेयर पठाएर १२ वटा संवेदनशील नोडमा पहुँच बनाएको उल्लेख छ।

सोही अनुसार उसले मुम्बईलाई लक्षित गरी विद्युत प्रणाली अवरूद्ध गरिदिएको हुन सक्ने रेकर्डेड फ्युचरका अधिकारीहरूको अनुमान छ। भारतको विद्युत प्रणालीभित्र पस्ने आफ्नो अधिकार नभएकाले चिनियाँ ह्याकरहरूले पठाएको कोड के थियो भन्ने पत्ता लगाउन नसकेको रेकर्डेड फ्युचरले जनाएको छ। सीमामा तनाव बढ्दै गए हामी केसम्म गर्न सक्छौं भनेर नयाँदिल्लीलाई सन्देश दिन बेइजिङले मुम्बईमा लोडसेडिङ गराएको हुन सक्ने सुरक्षा अधिकारीहरूले बताएका छन्।

भारतको केन्द्रीय सरकारले यसबारेमा अहिलेसम्म औपचारिक प्रतिक्रिया जनाएको छैन। अक्टोबर १२ को लोडसेडिङबारे महाराष्ट्रको स्टेट साइबर सेलले गरेको प्रारम्भिक अध्ययन प्रतिवेदनमा साइबर हमलामार्फत् बिजुली वितरणलाई खत्तम पार्ने प्रयासस्वरूप उक्त घटना भएको बताएको छ। सोमबार महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखले उक्त प्रतिवेदन राज्यका उर्जा मन्त्रीलाई हस्तान्तरण गरिएको बताएका छन्। यो घटनाबारे अनुसन्धान गर्ने केन्द्रीय सरकारले पनि अनुसन्धान समिति बनाएको छ। नयाँदिल्लीस्थित चिनियाँ दूतावासले भने भारतको विद्युत प्रणालीमा आफ्नो देशका ह्याकरहरूले हमला गरेको भन्ने कुरा आधारहीन भएको बताएको छ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?